Menu

भजनसंग्रह 43

NCB

1 हे मेरा परमेश्‍वर, मलाई निर्दोष प्रमाणित गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्षमा बोलिदिनुहोस्; छली र दुष्‍टहरूबाट मलाई छुटाउनुहोस्! 2 किनकि तपाईं परमेश्‍वर हुनुहुन्छ, जसमा मेरो शक्ति छ। तपाईंले मलाई किन त्याग्नुभएको छ? शत्रुबाट थिचोमिचोमा परेर मैले किन विलाप गर्दै हिँड्नुपर्छ? 3 तपाईंको ज्योति र तपाईंको विश्‍वासयोग्यतालाई पठाइदिनुहोस्; तिनले मलाई डोर्‍याऊन्; तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा पुर्‍याऊन्; त्यस स्थानमा, जहाँ तपाईं बास गर्नुहुन्छ। 4 तब म परमेश्‍वरको वेदीमा जानेछु, परमेश्‍वरकहाँ, जो मेरो आनन्द र हर्ष हुनुहुन्छ। म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु, हे परमेश्‍वर, मेरा परमेश्‍वर। 5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

Everything we make is available for free because of a generous community of supporters.

Donate