Menu

भजनसंग्रह 87

ULB

1 उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।

2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।

3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला

4 “मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”

5 सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”

6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला

7 त्यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate