Menu

भजनसंग्रह 13

ULB

1 हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ ?

2 कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने ?

3 हे परमप्रभु मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्‍नेछु ।

4 मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

5 तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।

6 परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate