Menu

भजनसंग्रह 125

ULB

1 परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।

2 जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।

3 दुष्‍टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्‍य गर्नुहुन्‍न । अन्‍यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्‍छन् ।

4 हे परमप्रभु, असलहरू र आफ्‍ना हृदयहरूमा सोझो हुनेहरूलाई असलै गर्नुहोस् ।

5 तर आफ्‍ना कुटिल मार्गहरूतिर लाग्‍नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्‍याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate