Menu

भजनसंग्रह 121

ULB

1 पर्वतहरूतिर म आफ्‍ना आँखाहरू उचाल्नेछु । मेरो सहायता कहाँबाट आउनेछ?

2 मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

3 उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।

4 हेर, इस्राएलको रक्षक न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ ।

5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।

6 दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।

7 पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ ।

8 तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate