Menu

एस्तर 7

ULB

1 त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।

2 यो दोस्रो दिनमा, तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे, “रानी एस्तर, तिम्री बिन्ती के हो ? तिमीलाई त्‍यो दिइनेछ । तिम्रो अनुरोध के हो ? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ ।”

3 तर रानी एस्तरले जवाफ दिइन्, “हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु ।

4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।”

5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्यो को हो ? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ ?

6 एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।

7 राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।

8 तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।

9 तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो ।” राजाले भने, “त्यसलाई त्‍यसैमा झुण्ड्याओ ।”

10 त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate