Menu

१ इतिहास 8

ULB

1 बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,

2 नोहा र रफाका थिए ।

3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,

4 अबीशू, नामान, अहोह,

5 गेरा, शपूपान र हुराम थिएन ।

6 एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:

7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।

8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।

9 सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,

10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।

11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए ।

12 एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।

13 बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।

14 बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,

15 जबदियाह, आराद, एदेर,

16 मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए ।

17 एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

18 यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए ।

19 शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,

20 एलीएनै, सिल्‍लतै, एलीएल,

21 अदायाह, बरायाह र शिम्रात थिए ।

22 शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,

23 अब्‍दोन, जिक्री, हानान,

24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,

25 यिपदिया र पनूएल ।

26 यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,

27 यारेश्‍याह, एलिया र जिक्री ।

28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए ।

29 गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।

30 तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,

31 गदोर, अहियो, र जेकेर, थिए ।

32 यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे ।

33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

34 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।

35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।

36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।

37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।

38 आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।

39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।

40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate