Menu

१ इतिहास 1

ULB

1 आदम, शेत, एनोश,

2 केनान, महलालेल, येरेद,

3 हनोक, मतूशेलह, लेमेक ।

4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।

7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।

8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।

10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।

11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,

12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।

13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।

14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,

15 हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,

16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

21 हदोरम, ऊजाल, दिक्‍ला,

22 ओबाल, अबमाएल, शेबा,

23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

24 शेम, अर्पक्षद, शेलह,

25 एबेर, पेलेग, रऊ,

26 सरूग, नाहोर, तेरह,

27 अब्राम जो अब्राहाम थिए ।

28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

29 तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम,

30 मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

31 यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।

32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।

33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।

34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।

37 रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।

39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।

40 शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।

41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।

42 एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।

43 इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।

44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।

45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।

46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।

47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।

48 सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।

49 शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।

50 अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।

51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,

52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,

53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,

54 प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate