Menu

भजनसंग्रह 87

NCB

1 याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ। 2 याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ। 3 हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला 4 “मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ “ 5 वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।" 6 याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला 7 सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate