Menu

भजनसंग्रह 67

NCB

1 परमेश्‍वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला 2 ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्। 3 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्। 4 जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला 5 हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्। 6 भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष् दिनुहुन्छ। 7 परमेश्‍वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।

Everything we make is available for free because of a generous community of supporters.

Donate