Menu

भजनसंग्रह 150

NCB

1 याहवेहको प्रशंसा गर! परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर! 2 उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर! 3 तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर! 4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! 5 झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! 6 सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate