Menu

भजनसंग्रह 137

NCB

1 बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ। 2 त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ, 3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!" 4 बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ? 5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्। 6 यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्! 7 हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!" 8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ। 9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate