Menu

भजनसंग्रह 129

NCB

1 “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्; 2 “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्। 3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। 4 तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।" 5 सियोनलाई घृणा गर्नेहरू सबै लज्जित भएर फर्किऊन्! 6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्; 7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ। 8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।"

Everything we make is available for free because of a generous community of supporters.

Donate