Menu

भजनसंग्रह 124

NCB

1 यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— 2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; 3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; 4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। 5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। 6 याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। 7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। 8 स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate