Menu

भजनसंग्रह 122

NCB

1 जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ। 2 हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्। 3 यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ। 4 इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्। 5 किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्। 6 यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्। 7 तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!" 8 मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु। 9 याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर, म तेरो भलो चिताउनेछु।

Everything we make is available for free because of a generous community of supporters.

Donate