Menu

भजनसंग्रह 113

NCB

1 याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर! 2 अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्! 3 सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ! 4 याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्‍च छ। 5 याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र? उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ, 6 जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ। 7 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ। 8 उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ। 9 उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ। याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate