Menu

भजनसंग्रह 110

NCB

1 याहवेहले मेरा प्रभुलाई भन्‍नुहुन्छ: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।" 2 याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ, “आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!" 3 तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्। 4 याहवेहले शपथ खानुभएको छ, र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन: “तिमी सदासर्वदाको निम्ति, मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।" 5 प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ। 6 उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ। 7 उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्‍च पार्नुहुनेछ।

Everything we make is available for free because of a generous community of supporters.

Donate