1 इतिहास 9
NCB1 सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो। 2 अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए। 3 तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे: 4 ऊतै अम्मीहूदका छोरा, अम्मीहूद ओम्रीका छोरा, ओम्री इम्रीका छोरा, इम्री बानीका छोरा, जो यहूदाका छोरा पेरेसका सन्तान थिए। 5 शीलोनीहरूबाट: जेठा छोरा असायाह र तिनका छोराहरू। 6 जेरहातीहरूमा: यूएल। यहूदाका मानिसहरूको संख्या 690 थियो। 7 बेन्यामीनीहरूमा: सल्लू मशुल्लामका छोरा, मशुल्लाम होदवियाहका छोरा, होदवियाह हस्सेनूअका छोरा। 8 यरोहामका छोरा यिब्न्यियाह; एलाह उज्जीका छोरा, उज्जी मिक्रीका छोरा; अनि मशुल्लाम शपत्याहका छोरा, शपत्याह रूएलका छोरा, रूएल यिब्नियाहका छोरा थिए। 9 बेन्यामीन वंशका मानिसहरू, तिनीहरूको वंशावलीमा सूचित गरिएअनुसार, तिनीहरूको संख्या 956 थियो। यी सबै मानिसहरू तिनीहरूका परिवारका अगुवाहरू थिए। 10 पुजारीहरूमा: यदायाह; यहोयारीब; याकीन; 11 अजर्याह हिल्कियाहका छोरा, हिल्कियाह मशुल्लामका छोरा, मशुल्लाम सादोकका छोरा, सादोक मरायोतका छोरा, मरायोत अहीतूबका छोरा, जो परमेश्वरको भवनको मुख्य अधिकारी थिए; 12 अदायाह यरोहामका छोरा, यहोराम पशहूरका छोरा, पशहूर मल्कियाहका छोरा; अनि मासै अदीएलका छोरा, अदीएल यहजेराका छोरा, यहजेरा मशुल्लामका छोरा, मशुल्लाम मशिलेमीतका छोरा, मशिलेमीत इम्मेरका छोरा थिए। 13 पुजारीहरू, जो परिवारका मुखियाहरू थिए तिनीहरूको संख्या 1,760 थियो। तिनीहरू परमेश्वरको भवनमा सेवा गर्न योग्यका जिम्मेवार मानिसहरू थिए। 14 लेवीहरूमा: शमायाह हश्शूबका छोरा, हश्शूब अज्रीकामका छोरा, अज्रीकाम हशब्याहका छोरा, हशब्याह मरारीका छोरा थिए; 15 बक्बक्कर, हेरेश, गलाल र मत्तन्याह थिए; मतन्याह मीकाका छोरा, मीका जिक्रीका छोरा, जिक्री आसापका छोरा थिए; 16 ओबदियाह शमायाहका छोरा, शमायाह यदूतूनका छोरा, यदूतून गलालका छोरा; अनि बेरेक्याह आसाका छोरा, आसा एल्कानाका छोरा, जो नतोपातीहरूका गाउँहरूमा बस्थे। 17 द्वारपालहरूमा: शल्लूम, अक्कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्लूमचाहिँ तिनीहरूका अगुवा थिए। 18 यस बेलासम्म पूर्वपट्टि राजाको मूलढोकामा खटिएका द्वारपालहरू थिए। तिनीहरू लेवीहरूका छाउनीका द्वारपालहरू थिए। 19 शल्लूम कोरेका छोरा, कोरे एब्यासापका छोरा, एब्यासाप कोरहका छोरा, र कोरहका सहकर्मी द्वारपालहरू तिनको परिवारबाट (कोरहवंशीहरू) तिनीहरूका पुर्खाहरू याहवेहको वासस्थानको प्रवेशद्वारको सुरक्षाको जिम्मेवारी भएझैँ, तिनीहरू छाउनीका सँघारको सुरक्षाको लागि जिम्मेवार थिए। 20 पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो। 21 मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए। 22 द्वारपाल हुन चुनिएकाहरूको जम्मा संख्या 212 थियो। तिनीहरूको गाउँअनुसार तिनीहरूको वंशावली दर्ता गरिएको थियो। दावीद र दर्शी शमूएलले ती द्वारपालहरूलाई नियुक्त गरेका थिए; किनभने तिनीहरू विश्वासयोग्य थिए। 23 तिनीहरू र तिनीहरूका सन्तानहरू याहवेहको भवन, अर्थात् भेट हुने पालका मूलढोकाहरूको सुरक्षा गर्ने जिम्मामा थिए। 24 द्वारपालहरू चारै दिशामा: पूर्व, पश्चिम, उत्तर र दक्षिणमा थिए। 25 तिनीहरूका गाउँहरूमा भएका लेवी दाजुभाइहरू आएर सात दिनका निम्ति तिनीहरूलाई सुरक्षाको काममा पालैपालो सहयोग गर्थे। 26 तर चार जना मुख्य लेवी द्वारपालहरूलाई चाहिँ परमेश्वरको भवनमा भएका कोठाहरू र भण्डारहरूका लागि जिम्मेवारी दिइएको थियो। 27 तिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे। 28 तिनीहरूमध्ये कोहीचाहिँ मन्दिरको सेवामा प्रयोग गरिने सामग्रीहरूका अधिकारी थिए। ती सामग्रीहरू बाहिर निकालिँदा र भित्र लगिँदा तिनीहरूले गन्ती गर्थे। 29 अरूहरूलाई चाहिँ सामानहरू र पवित्रस्थानका अरू सामग्रीहरूको साथमा विशेष पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको रेखदेख गर्ने जिम्मा दिइएको थियो। 30 तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे। 31 कोरहवंशी शल्लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए। 32 तिनीहरूका केही कहातवंशी लेवी दाजुभाइहरूचाहिँ प्रत्येक शब्बाथ विश्रामको दिनमा मेचमाथि राखिने रोटी तयार गर्ने जिम्मामा थिए। 33 सङ्गीतकारहरू, जो लेवी परिवारका मुखियाहरू थिए; तिनीहरू मन्दिरका कोठाहरूमा बस्थे, र तिनीहरूलाई अरू कामहरूको जिम्मा दिइँदैनथ्यो। किनकि दिनरात तिनीहरूको सङ्गीतको जिम्मेवारी थियो। 34 यी सबै लेवी परिवारका अगुवाहरू थिए। अगुवाहरू तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए; तिनीहरू यरूशलेममा बस्थे। 35 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो। 36 अनि तिनका जेठा छोरा अब्दोन थिए; अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकरिया र मिक्लोत। 38 मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे। 39 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए। 40 जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए। 41 मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज। 42 आहाज यादाहका पिता थिए; अनि यादाहचाहिँ, आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्रीचाहिँ मोसका पिता थिए। 43 तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए। 44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए; अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी आसेलका छोराहरू थिए।
