1 इतिहास 25
NCB1 दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो: 2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे। 3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे। 4 हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्लोती, होतीर र महजीओत। 5 (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।) 6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। 7 तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। 8 जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले। 9 पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्यो, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, दोस्रोचाहिँ गदल्याहलाई, तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना, 10 तेस्रोचाहिँ जक्कूरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 11 चौथो यिस्रीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 12 पाँचौँ नतन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 13 छैटौँ बुक्कियाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 14 सातौँ यसरेलालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 15 आठौँ यशयाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 16 नवौँ मत्तन्याह, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 17 दसौँ शिमीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 18 एघाह्रौ अज्रेललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 19 बाह्रौँ हशब्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 20 तेह्रौँ शूबाएललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 21 चौधौँ मत्तीत्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 22 पन्ध्रौँ यरेमोतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 23 सोह्रौँ हनन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 24 सत्रौँ योशब्काशालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 25 अठारौँ हनानीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 26 उन्नाइसौँ मल्लोतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 27 बीसौँ एलियातालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 28 एक्काइसौँ होतीरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 29 बाइसौँ गिद्दलतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 30 तेईसौँ महजीओतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, 31 चौबीसौँ रोमम्ती-एजेरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।
